एमाले बैठकमा विद्या भण्डारी पक्ष मौन, ओलीको दबाब ?


काठमाडौं ।

एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नदिने निर्णय भएपछि पहिले उनका पक्षमा देखिएका अधिकांश नेताहरू मौन बसेका छन्। सचिवालय र पोलिटब्युरो बैठकमा विद्या पक्षमा बोलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेत अन्तिम बैठकमा नबोलेपछि प्रश्न उठेको छ।

तीन नेताहरू—युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र कर्ण थापाले मात्र निर्णयमा असहमति जनाए। नेताहरूलाई बोल्न नदिइएको र कारबाहीको डर देखाइएको आरोप छ। केही नेताहरूले ओलीले बालुवाटारमा बोलाएर दबाब दिएको संकेत गरेका छन्। विद्या भण्डारी निकट नेताहरूले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।