काठमाडौँ ।
काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको छ।
उदयपुर घर भई हाल वनस्थली बस्ने रिजालले चलाएको स्कुटर बिहीबार बिहान साढे २ बजे प्रज्ञा भवनअगाडि अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएको थियो।
गम्भीर घाइते रिजाललाई ट्रमा सेन्टर लगिएको भए पनि उपचारका क्रममा निधन भएको हो। घटनाको अनुसन्धान मालिगाउँ प्रहरी वृत्तले गरिरहेको छ।











प्रतिक्रिया