इतिहासकै उच्च विन्दुमा निर्यात : प्रधानमन्त्री ओली


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१|८२ मा नेपालले इतिहासमै सर्वाधिक निर्यात गर्न सफल भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपालले रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गरेको जानकारी दिएका छन्।

अघिल्लो वर्ष निर्यात रु १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उल्लेख गर्दै उनले यस वर्ष निर्यातमा ८१.८० प्रतिशतले वृद्धि भएको जनाएका छन्।