प्रतिभा पलायन र शैक्षिक स्तरको सवाल

4.7k
Shares

हाम्रो शिक्षा व्यवस्था चुुनौतीहरुको संक्रमण परिस्थितिमा गुुज्रिरहेको छ । हाम्रा प्राथमिक तहका झन्डै ९५ प्रतिशत बालबालिका विद्यालय भर्ना हुुने गरेका छन् । यो सकारात्मक पक्ष भए तापनि तिनले हासिल गरिरहेको शिक्षा गुुणस्तर बन्न नसकेको गुुनासो व्याप्त छ । तिनलाई शिक्षा दिने देशभरका करिब ३० प्रतिशत शिक्षकले न्यूूनतम तालिम पनि नपाएको गुुनासो छ । ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा आधारभूूत पूर्वाधारको अभाव देखिन्छ । सरकारी व्यवस्थापनमा देखिएका कमी–कमजोरीका कारण गुुणस्तर उठ्न सकेको छैन । हाम्रा छिमेकी मुुलुुक भारत र चीनमै पनि हाम्रो भन्दा अब्बल शिक्षा दिने गरेको हाँक सुुन्नमा आई नै रहेको छ । यता हाम्रो शिक्षा दिनानुुदिन खस्कँदै गएको छ । अझै कसैको घैँटामा घाम लागेको छैन ।

अमेरिकामा दिइने शिक्षा र हामीकहाँ पाइरहेको शिक्षामा ठूलो अन्तराल छ । यससम्बन्धमा हामीले राम्रो अनुुशरण गरेर विश्लेषण र अनुुसन्धानबाट आफ्नो देश, काल, परिस्थिति अनकूलको शिक्षा व्यवस्था अपनाउन नसक्दा नै विश्वस्तरीय शिक्षाको पहुुँचबाट विमुुख हुुन पुुगेका छौँ । अतः शिक्षकहरुको व्यावसायिक विकास गरी स्तरोन्नतिमा सरकारको ध्यान जानुु जरुरी छ । दीर्घकालीन शिक्षा सुुधारका लागि गुुणस्तरीय समावेशी, वस्तुुपरक शिक्षा कार्यक्रम ल्याउनुु जरुरी छ ।

हरेक अभिभावकलाई आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने चाहना हुुन्छ । त्यसका लागि आफ्नो क्षमताले भ्याएसम्म ठूलो लगानी लगाएरै भने पनि विश्वस्तरको शिक्षा दिन उत्सुक देखिँदै आएका छन् । यसमा कतिपय अभिभावकले यहाँको शिक्षाको गुुणस्तर नपुुगेको भन्दै विदेश पठाउने गरेका थुुप्रै उदाहरण पाउन सकिन्छ । यसरी गएका सबै विद्यार्थी त्यहीँ बस्ने चाहनाले रोजगारीको तीव्र खोजीमा मात्र गएका होइनन् । प्रायजसो विद्यार्थी त्यहाँ गएर राम्रो शिक्षा पाउने र पाएको शिक्षाले विश्वबजारमा आफू सहजै बिक्न सक्ने बनौँ भन्ने ध्येयले नै गएका छन् । तथापि हामीले नेपालभित्र गुुणस्तरीय शिक्षा दिन सकियो भने वर्तमान शैक्षिक पलायन क्रमशः घटदै जाने हुुन्छ ।

नेपालमा विद्यमान सार्वजनिक र निजी स्तरका शिक्षण संस्थाहरु छन् । यिनका बीचमा थरी–थरीका तर्क–वितर्क उठाई नै रहेको पाइन्छ । निजी विद्यालयले सार्वजनिक विद्यालयको तुुलनामा स्तरीय शिक्षा दिने कुरामा उल्लेख्य भूूमिका रहेको छ भनी दाबी गरेका घटनाहरु छन् । निजी विद्यालयको तीव्र गतिले विस्तार हुँदै गएको पाइन्छ । झन्डै देशभरका ३० प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । सार्वजनिक विद्यालयले ठूूलो संख्याका केटाकेटीलाई अध्यापन गराए तापनि निजी क्षेत्रका शिक्षण संस्थाहरुले गुुणस्तरीय शिक्षाका वैकल्पिक सिकाइका उपायहरु ल्याइँदै गरेको दाबी गरिएको छ । यसरी निजी र सार्वजनिक विद्यालयहरुलाई प्रतिस्पर्धात्मक पक्षमा नहेरी यी दुुवैबीच सहकार्य हुुनु जरुरी छ । दुुवै थरीका विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण परियोजनामा आधारित शिक्षा र प्रविधिको जोड दिनुु नै उपयुुक्त ठहर्दछ ।

अहिले हाम्रो समाजमा हुुनेखानेका छोराछोरी निजी विद्यालयमा र हुुँदा खाने वर्गका केटाकेटी सार्वजनिक विद्यालयमा भन्ने आमधारणा बन्दै आएको छ । विद्यालय तहमै धनी र गरिबबीचको खाडल बन्दै जानुु राम्रो होइन । यसरी निजी क्षेत्र मात्र वृद्धि हुुँदै गएमा सामुुदायिक विद्यालयमा उत्पादित जनशक्ति उपेक्षित हुुँदै जाने र निजी क्षेत्रमा उत्पादित जनशक्तिले बजार कब्जा गर्दै जाने हुुन्छ । सरकारले यसबारे समयमै सोचेर उपयुक्त कदम चाली सामुुदायिक विद्यालयलाई अघि बढाउनेतर्फ लाग्नुुपर्दछ ।
विगतको तुुलनामा जनसंख्यात्मक संरचनामा पनि ठूूलो परिवर्तन हुुँदै आएको छ । यसलाई पनि आत्मसात् गदैै विद्यालय नक्साङ्कनका आधारमा विद्यालय स्वीकृति दिने परिपाटी कायम गर्नुका साथै घरपायक विद्यालयमा अध्ययन गराउन भर्ना गराउने व्यवस्था अनिवार्य सर्तमा कायम हुुनुु जरुरी पर्दछ । त्यहाँ सञ्चालित सबै खाले विद्यालयले स्तरीय, समान र समावेशी ढंगले शिक्षा प्रदान गर्ने कार्यलाई नै प्राथमिकता दिइनुुपर्दछ ।

नेपालमा शिक्षाको विकास २००७ को क्रान्तिपछि तीव्र गतिमा बढ्दै आयो । जनस्तरमा थुुप्रै सार्वजनिक विद्यालयहरु खुुले । शिक्षाको विस्तारित रुप आफ्नो गरिमा बढ्दै नै आयो । यो क्रम २००६ सालको परिवर्तनपछि झनै बढ्न थाल्यो । विद्यालय खुुल्ने मात्र होइन, निजी स्रोतमा खोल्ने बाढी नै पस्यो । निजी विद्यालय खोल्ने सरकारी उदार नीतिले यसलाई अरु प्रोत्साहन दिँदै आयो । तर सरकारी लापरबाहीका कारण निजी विद्यालयहरुले चर्को मासिक शुल्क असुुल्न थाले, जसको ठूलो मार अभिभावकमा पर्दै आयो । अब मध्यम आय भएकाले निजी विद्यालयमा आफ्ना केटाकेटीलाई पढाउन कठिन देखिन थाल्यो । सीमान्तकृत र गरिब वर्गका बालबच्चा निजी विद्यालयमा अध्ययन गर्न नसक्ने हुुँदा गरिब र धनी केटाकेटीबीचको वर्ग विभाजन विद्यालय तहबाटै छुुट्टिनुु दुुःखद कुरा हो । समानतामा आधारित शैक्षिक व्यवस्था नै आजको मानववाद र लोकतन्त्रको आवाज हो ।

शिक्षण सिकाइको गुुणस्तर अभिवृद्धि, विद्यालय सुुशासन प्रवद्र्धन र प्रभावकारी शैक्षिक सेवा प्रवाहमा विद्यालय व्यवस्थापन अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधी आदिको महत्वपूर्ण भूमिका हुन्छ । आज प्राविधिक तथा व्यावसायिक शिक्षा, तालिमको प्रभावकारिता, अनुुगमन र कार्यमूलक अनुुसन्धान, तालिमको व्यवस्था, पाठ्यक्रम, शैक्षिक सामग्री निर्माण आदिका लागि सरकारबाटै पहल हुुनुु जरुरी छ ।

शिक्षाको गुुणस्तर खस्कँदै गएको बारे विगतदेखि नै बहसको विषय वन्दै आएको छ । निजी विद्यालयभन्दा सामुुदायिक विद्यालय अझ गिर्दो अवस्थामा तुुलना हुुने गरेको छ । शिक्षण पद्धति र पाठ्यक्रममा सृजनात्मक सोच, आलोचनात्मक विश्लेषण र व्यावहारिक सीपको विकासविना शिक्षा उँभो लाग्न सक्दैन । प्रायः सार्वजनिक विद्यालयमा तलब, सेवा र सुुविधा निजीभन्दा सुरक्षित र सुनिश्चित हुुँदाहुँुदै पनि निजीभन्दा कमजोर हुुनुु ठीक भएन । गुुणस्तरीय शिक्षाका लागि अब्बल शिक्षक कुशल व्यवस्थापन जरुरी छ । शिक्षाको समुुन्नतिका लागि सरकार मात्र होइन, शिक्षकको भूमिका नै अझ गहन मान्न सकिन्छ । हुन त अहिले भन्ने गरिन्छ– शिक्षाको गुुणस्तर वृद्धिमा सरकारको नै हात बढी हुुन्छ । सार्वजनिक शिक्षामा लगानी अपुुग भएकाले पनि स्तर बढ्न नसकेको भनाइ आई नै रहेको छ । तर सरकारीतर्फको जिकिर भने सार्वजनिक विद्यालयमा सरकारी लगानीअनुुसार प्रतिफल आउन सकेको छैन । सरकारी विद्यालयप्रति स्वयं पढाउने शिक्षक विश्वस्त हुन नसकेकोले नै आफ्ना केटाकेटीलाई निजी स्रोतका विद्यालयमा पढ्न पठाउने गरेका गुुनासो छ । यसले गर्दा विद्यार्थी घट्ने क्रम बढ्दो छ ।

सरकारी तथ्याङ्कमै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहेको छ । ८० प्रतिशत विद्यालयमा शिक्षक अनुुपातमा विद्यार्थी कमी देखाइरहेका छन् । यसले गर्दा झन्डै आधा विद्यालय विद्यार्थी संख्या नभएर बन्द गर्दा पनि हुने अवस्थामा पुुगेका छन् । यसरी विद्यार्थी संख्या घट्नुमा प्राकृतिक र मानवीय कारण होलान्, तथापि मूल कारण उद्देश्यमूलक सिकाइ वातावरण नहुनुु नै मान्न सकिन्छ । अर्कोतर्फ घट्दो बजार तथा न्यून प्रजनन दरलाई नकार्न सकिँदैन ।

जनगणनाको तथ्याङ्कअनुुसार करिब ११ लाख नेपाली विदेशतर्फ लागेका छन् । यिनमा झन्डै ८० प्रतिशतभन्दा बढी पुुरुष छन् । यसमा अधिकांश रोजगारीका लागि नै देशबाहिर गएका हुन् । बाहिर जानेमा धेरैजसोको उमेर २० देखि ३० वर्षको अनुुमान गर्न सकिन्छ, जुुन सबैभन्दा क्रियाशील र उर्वर उमेर मान्न सकिन्छ । यिनको देशभित्र श्रम–सीप, क्षमता तथा ज्ञान विकास र उपयोग गर्ने उमेर हो । यसरी एकातर्फ सार्वजनिक विद्यालयबाट विद्यार्थी रितिँदै जानुु, अर्कातर्फ उर्वर जनशक्ति देशबाहिर रहनुु, यी दुुवै देश निर्माणका बाधक हुन् । बर्सेनि हजाराँैको संख्यामा पढ्न र कामको खोजीमा विदेश जाने गरेका छन् । पढ्न जानेले पढाइ पूूरा गरेपछि त्यहीँ अड्ने, कामको खोजीमा जाने पनि मौका पाए त्यसै ठाउँमा लुकिछिपी बस्ने गरेका प्रशस्त छन् । राष्ट्रले हरेक नागरिकलाई निष्पक्ष तरिकाले न्यूनतम आवश्यकता उपलब्ध गराएको भए यसरी विदेशिने थिएनन् ।

यसरी विदेशतर्फ भौँतारिने मुलकमा अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायत, जर्मनी, जापान, इजरायल, डेनमार्क, लग्जमवर्ग आदि छन् । आफ्नै थातथलोमा रोजगारमूलक शिक्षा र क्षमताअनुुसारको काम पाएका भए आफ्नो देश छाड्ने थिएनन् । आफू जन्मेको भूमि छाडेर पराई मुलकमा रमाउन मानिस सक्दैन । तर बाध्यताले गर्दा हाम्रा केटाकेटी पढ्नदेखि अर्धदक्ष सीप भएका जनशक्तिसमेत विदेशिएका छन् । राज्यले यससम्बन्धमा गम्भीर भएर सोच्न नसक्नुले नै यो परिस्थिति उत्पन्न भएको हो ।

अहिलेको अवस्था अवलोकन गर्दा कतिपय अविकसित देशका तल्लो तहदेखि माथिल्लो. तहसम्मका प्रतिभा विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । शायद नेताहरुले प्रतिभा पलायनले सोझासाधा, बूढाखाडा मात्र मुलुकमा रहने हुुँदा आफूलाई निर्वाचन जित्न र शासन चलाउन सहज महसुुस गरेका होलान् । शिक्षित र बुद्धिमान जमातलाई सहजै आफ्नो पक्षमा गराउन पनि कठिन हुन सक्छ । सोझासाधा बूढाखाडामाथि छलछाम, ठगठाग नीति पनि प्रयोग गर्न सकिन्छ । यसर्थ विदेश पलायनले हाम्रा नेताहरुमा खासै चिन्ता देखिँदैन ।

यसमा हाम्रो शिक्षा नीति र समाज पनि चोखो देखिँदैन । आफू बसेको ठाउँप्रतिको मोह जगाउने शिक्षा भएन । यसैले गाउँको शिक्षित शहर पस्छ, शहरपछि विदेश जान खोज्छ । यसरी हाम्रो शिक्षाको सुन्दर सपनाको घुम्टो ओढाएर अहं भूमिका खेल्दै आफू बसेको ठाउँ छाड्ने जोडबल पुर्‍याएको भान हुन्छ । यसै गरी समाजमा लेखपढ गरेको व्यक्ति विदेश गएको छ भने ठूलो इज्जत देख्ने प्रवृत्ति व्याप्त छ । भन्ने गर्छन्, ‘फलानोको छोरो विदेश गएर गजब गरेछ, त्यो त ठूलो मान्छे भएछ रे ! त्यसका बाबुुआमा कति भाग्यमानी रहेछन् । हाम्रा त गाउँघरमा कुटोकोदालोमै रमाएर बसेका छन् । हाम्रो भाग्य नै यस्तै रहेछ ।’

यसरी गाउँबाट शहर र शहरबाट अब्बल ठहरेका हाम्रा प्रतिभाहरु विदेश जान प्रोत्साहन पाइरहेका छन् । प्रतिभाहरु पलायन हुुने प्रवृत्तिको परिणामस्वरुप गाउँ उजाड हुँदै छन् भने शहरबाट पनि त्यही गतिमा बाहिरिइरहेका छन् अनि देश कसरी विकास हुने ? देश निर्माणका लागि अब्बल प्रतिभावान् नागरिक चाहिन्छ । तिनै प्रतिभाहरुलाई भाँड्ने प्रवृत्तिले के विकास सम्भव छ त ? अपठित र अदक्ष नागरिकबाट मात्रै देश बन्न सक्छ ? यस्ता कुरालाई सिंगो राष्ट्र किन बुझदैन ? शिक्षाले आफ्नो थातथलो, आफ्नो सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कार र संस्कृतिप्रतिको मोह बढाउन नसके राष्ट्रले दर्दनाक स्थिति व्यहोर्नुपर्दछ । अतः आफ्ना प्रतिभालाई स्वदेशमै आकर्षित हुुने वातावरण राज्यले मिलाउनुुपर्दछ ।