विदाई कन्सर्टको केही हप्तापछि ब्ल्याक सब्बाथका प्रमुख गायक ओस्बोर्नको निधन


काठमाडौँ।

हेभी मेटलका अग्रणी तथा ब्ल्याक सब्बाथका प्रमुख गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ। उनले केही हप्ताअघि मात्रै आफ्नो अन्तिम विदाई कन्सर्ट सम्पन्न गरेका थिए।

उनको परिवारले मंगलबार (बुधबार बिहान AEST) एक विज्ञप्तिमार्फत ओजीको मृत्युको पुष्टि गरेको नाइन न्युजले जनाएको छ।

विज्ञप्तिमा उनकी श्रीमती शेरोन र छोराछोरी ज्याक, केली, एमी र लुइसले लेखेका छन्- “हाम्रा प्रिय ओजी ओस्बोर्नको आज बिहान निधन भएको कुराले हामी अत्यन्त दुःखी छौं। उनी आफ्नो परिवारको माया र साथमा घेरिएका थिए। यस समयमा हाम्रो पारिवारिक गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौं।”

“अन्धकारको राजकुमार” को रूपमा परिचित ओजी ओस्बोर्नले १९६८ मा बर्मिंघममा ब्ल्याक सब्बाथको स्थापना गरेका थिए। उक्त शहर त्यसबेला भारी उद्योगको केन्द्रका रूपमा परिचित थियो र त्यसैले ब्रिटिश मेटलको क्रूसिबल बन्न पुगेको थियो।

ओजीको निधनको खबर सार्वजनिक भएको एक घण्टा नबित्दै विश्वभरका रक र मेटल सुपरस्टारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्न थालेका छन्।