फ्रिजरमा बरफको पहाड नै बन्ने गर्छ । यस्तो अवस्था हुँदा चिसो हुने पनि कम हुन्छ र विद्युतको बिल पनि बढ्ने गर्छ । यसैले यो बरफको पहाड हटाउनै पर्ने हुन्छ। अक्सर हामी रेफ्रिजरेटर अफ गरेर नै बरफ पगाल्ने गर्दछौं । यसले बिस्तारै बरफ पगाल्नेछ र यो पानीको रूपमा बाहिर निस्कनेछ । बरफ हटाउन कहिलेकाहि धारिलो वस्तु जस्तै चक्कु पनि प्रयोग गर्दछ । तर यस्तो भने गर्नु हुँदैन । यसको साटो काठको सामान प्रयोग गर्नुपर्दछ । तर, योबाहेक फ्रिजमा जमेको बरफ निकाल्ने अरु पनि तरिका छन् । केही जानकारहरूले बताएअनुसारका तरिकाहरू यहाँ प्रस्तुत गरिएको छ ।
पानी र स्प्रे बोटल
फ्रिजरमा बरफ पगाल्ने यो विधि सबैभन्दा प्रभावकारी र तत्काल तरिका हो । स्प्रे बोटलमा तातो पानी भर्ने र फ्रिज भित्र जमेको बरफमा स्प्रे गर्ने । यसले बरफ तुरुन्तै पग्लन थाल्नेछ । तातो पानीको तापले बरफको क्रिस्टललाई तुरुन्तै टुक्रा पार्न मद्दत गर्छ, जसले गर्दा यो छिट्टै पग्लन्छ ।
हेयर ड्रायरको प्रयोग
यो विधि पनि छिटो काम गर्छ, तर सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । पहिले, रेफ्रिजरेटर अफ गर्नु पर्दछ । हेयर ड्रायरलाई मध्यम वा ढिलो तापमा सेट गर्ने र जमेको बरफमाथि चलाउने । हेयर ड्रायरको तातो हावाले तुरुन्तै बरफ पगाल्नेछ । तारहरू र प्लास्टिक भएको हुँदा हेयर ड्रायरलाई रेफ्रिजरेटरको धेरै नजिक भने लानु हुँदैन ।
तातो पानीको भाँडो प्रयोग
यो एक सुरक्षित र प्रभावकारी विधि हो, विशेष गरी जब बरफको तह बाक्लो हुन्छ । यो विधि अपनाउन पनि रेफ्रिजरेटर अफ गर्नु पर्दछ । यसपछि तातो पानीको भाँडालाई रेफ्रिजरेटरको फ्रिजर डिब्बामा बरफमा सीधै राख्नु वा नजिकै राख्ने । रेफ्रिजरेटरको ढोका बन्द गरेर १५–२० मिनेटको लागि छोडि दिनु पर्छ । तातो पानीबाट निस्कने बाफ र तापले रेफ्रिजरेटर भित्रको तापक्रम बढाउनेछ, जसले गर्दा बरफ बिस्तारै पग्लिनेछ ।











प्रतिक्रिया