-पहिलो अन्तर्राष्ट्रिय खेल हङकङविरुद्ध खेलेको थियो । जुन १९८६ मा भएको एएफसी महिला च्याम्पियनसिपअन्तर्गत खेलेको खेलमा नेपाल १–० ले पराजित भएको थियो ।
-पहिलो कप्तान रमा सिंह हुन् । सिंह १९८६ मा नेपाली टोलीकी कप्तान बनेकी थिइन् । त्यतिबेला उनी बागमती अञ्चलकी कप्तान पनि थिइन् । फुटबलपछि उनी नेपाल टेलिभिजनमा समाचारवाचिका बनेकी थिइन् ।
-पहिलो अन्तर्राष्ट्रिय गोल पेमा लामा डोल्मा गरेकी थिइन् । उनले सन् १९९९ मा फिलिपिन्समा भएको एएफसी महिला च्याम्पियनसिपमा उज्बेकिस्तानविरुद्ध गोल गर्दै सो उपलब्धि हासिल गरेकी हुन् ।
-पहिलो विदेशी कोच बेल्जियमका प्याट्रिक डी वाइल्ड हुन् । उनको नेतृत्वमा नेपाली सिनियर टोलीले हालै तीन खेल खेल्यो । एक वर्षको लागि सम्झौता गरेका उनले एक महिनामै कोचबाट राजीनामा दिए ।
-हालसम्म उपाधि जित्न सकेको छैन
-दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा तीन पटक रजत पदक जितेको ।
-साफ महिला च्याम्पियनसिपमा सिनियर (६) र जुनियर (३) गरी ९ पटक उपविजेता भएको ।
-दक्षिण एसियाभन्दाबाहिरका चार प्रतियोगितामा उपविजेता भएको ।
-सर्वाधिक गोलकर्ता र सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी सावित्रा भण्डारी हुन् । उनले कूल ६६ गोल गरेकी छन् । उनी साम्बा उपनामले चर्चित छिन् ।
-हालसम्म सिनियर टोलीमा ११ जना कप्तानीमा रहेका छन् ।











प्रतिक्रिया