फुटबल खेल्ने कि क्रिकेट ?

6.49k
Shares

नेपालमा अहिलेको खेलकुदमा हेर्ने हो भने फुटबलले भन्दा क्रिकेट खेलले धेरै उपलब्धि हासिल गरेको छ । नेपाली खेलकुदमा लोकप्रियताको आधारमा हेर्ने हो भने पनि क्रिकेटले फुटबललाई विस्तारै छायामा पार्दै लगेको छ । यसको मुख्य कारण क्रिकेटले पाएको सफलता हो । नेपाली क्रिकेट दुई पटक विश्वकपमा सहभागिता जनाइसकको छ । तर, नेपाली फुटबल भने उपलब्धि भन्दा पनि आफ्नो लोकप्रियता घटाउँदैछ ।

पहिलेको दाँजोमा हेर्ने हो भने नियमित फुटबल प्रतियोगिता भइरहेको छैन । नाम चलेका फुटबलरहरू विदेश पलायन भइरहेको छन् । विमल घर्तीमगर, सुजल श्रेष्ठ, जगजित श्रेष्ठ, दर्शन गुरुङ, विमल राना, एलन न्यौपाने, सन्तोष तामाङ, अमीर श्रेष्ठ जस्ता उत्कृष्ट खेलाडीहरू नेपालको फुटबल छाड्दै विदेसिए । उता, विदेश जाने भनेर त्रिभुवन विमानस्थल पुगिसकेका क्रिकेटर नन्दन यादव क्रिकेट खेल्न नै फर्के ।

यस्तो हुनुको कारण क्रिकेटमा अहिले राम्रो तलब छ, अवसर छ । झण्डै बाह«ै महिना क्रिकेट खेल्न पाउने अवसर छ । तर, फुटबलमा भने कहिले प्रतियोगिता हुन्छ खेलौं भन्ने भइरहेको हुन्छ । उदाहरणको लागि २०८० जेठमा ए डिभिजन लिगको त्यस वर्षको संस्करण सकियो, अहिले २०८२ जेठ नाघेर श्रावण लागिसक्दा पनि ए डिभिजनको नयाँ संस्करण शुरु हुने कुनै अतोपतो नै छैन ।

क्रिकेटमा ए ग्रेडका खेलाडीहरूले १ लाखको तलब पाउँछन् । बी ग्रेडका खेलाडीहरूले ७० हजार, सी ग्रेडका खेलाडीहरूले ५५ हजार र डी ग्रेडका खेलाडीहरूले ३५ हजार रकमको तलब पाउँदछन् । तर, फुटबलमा हेर्ने हो भने राष्ट्रिय टोलीमा परेका खेलाडीको तलब ३० हजार रुपियाँ रहेको भन्ने आइरहेको छ । अहिलेको महँगीको संसारमा यति रकमले खेलाडीले के नै गर्न सक्ला ?
फुटबलको राष्ट्रिय टोलीका खेलाडीले पाउने सो तलब क्रिकेटमा उदीयमान खेलाडीको तलबभन्दा मात्र ५ हजार बढी हो । केही महिला फुटबलरहरूले पनि यति तलबले के गर्ने भाँडा तिर्नु प¥यो, रासन किन्नु प¥यो, अनि अरू थोकमा खर्च गर्नु प¥यो, तलब त तुरुन्तै सकिहाल्छ भनेर एक भिडियोमा कुरा गरिरहेको पनि सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यस्तो विभेद भएपनि धन्न अधिकांस नेपाली फुटबलरहरू विदेश पलायन हुँदा बाँकीले भने अझै खेलेर यस खेलको इज्जत राखिरहेका छन् । पहिले क्रिकेटमा पैसा थिएन, फुटबलमा थियो र अहिले क्रिकेटमा पैसा छ, फुटबलमा छैन ।
समर्थकको भीड क्रिकेटमा

नेपालमा हालै एनपीएल (नेपाल प्रिमियर लिग ) र एनएसएल (नेपाल सुपर लिग) सम्पन्न भयो । एनपीएल क्रिकेटको फ्रेन्चाइजी लिग हो भने एनएसएल फुटबलको फ्रेन्चाइजी लिग हो । एनएसएल प्रतियोगिता हुँदा दर्शकको उपस्थित दशरथ रंगशालामा न्युन थियो । तर, एनपीएल प्रतियोगितामा भने दर्शकको भीड धेरै थियो । कति टिकट पाएर पनि त्रिवि मैदानमा भित्र गएर खेलको आनन्द लिन पाएका थिएनन् । क्रिकेटमा यस्तो क्रेज देखेर नेपालमा खेल्न आएका अन्तर्राष्ट्रिय खेलाडीहरू पनि चकित भएका थिए ।

फुटबलमा अवसर छ

फुटबलमा अवसर नभएको पनि होइन । कयौं खेलाडी विदेशी लिगमा खेलिरहेका छन् । नेपाली राष्ट्रिय महिला टोलीकी गोलकीपर एन्जिला तुम्बापो सुब्बा ग्रीक लिगमा खेलिरहेकी छन् । यसै टोलीकी मुख्य स्ट्राइकर तथा नयाँ कप्तान सावित्रा भण्डारीले पेरिसमा खेल्न पाएकी छन् । पुरुष टोलीका खेलाडीमा किरण चेम्जोङ, रोहित चन्दले विदेशी लिगमा खेलिरहेका छन् । यसैले नेपालमा निकट भविष्यमा फुटबल खेल्ने भन्दा क्रिकेट खेल्ने खेलाडी बढेमा यसमा कुनै आश्चर्य हुने छैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीरूलाई देशमै राख्ने हो भने प्रतियोगिता हुनुपर्ने बताएका थिए । श्रेष्ठले बताए–हाम्रा खेलाडी विदेश जाने भनेको दिमाग शून्य भएर हो । किनभने खाली दिमाग शैतानको भन्छन् नि हो, त्यस्तै भइरहेको छ । नेपालमा नियमित प्रतियोगिता भइरहँदैन । यो फुटबल मात्रै होइन अन्य खेलमा पनि लागु हुन्छ । खेलाडीलाई विदेशमा पलायन हुनबाट रोक्न प्रतियोगिता संचालन गरिरहनु पर्छ । प्रतियोगिता भइरहेमा खेलाडीले सोच्न नै पाउँदैन, अनि विदेश पलायन हुँदैन । उनीहरूलाई व्यस्त राख्नुपर्छ ।