काठमाडौं।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट फतुवा बिजयपुर नगरपालिका-८ बिजयपुर टोलस्थित सडकमा ना.२५ प ५१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६७ वर्षीया रबली देवी थारूनीको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया