काठमाडौं ।
बंगलादेशको राजधानी ढाकामा चिनियाँ निर्मित एफ–७ बीजेआई लडाकु विमान सोमबार दिउँसो मिलस्टोन स्कूल एन्ड कलेजमा खस्दा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा १७० जना घाइते भएका छन्, जसमा धेरैजसो विद्यार्थी र कर्मचारी छन्।
विमानमा आगलागी भएपछि कलेज भवन जलेर ध्वस्त भएको छ। घटनापछि विद्यार्थीका अभिभावकबीच कोलाहल मच्चिएको थियो। सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ।
यो पछिल्ला दशकको सबैभन्दा गम्भीर विमान दुर्घटना हो। सन् १९८४ मा भएको दुर्घटनापछि यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो।











प्रतिक्रिया