काठमाडौं ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीप्रति गहिरिँदो असन्तुष्टि देखिएको छ। नेताहरूले ओलीको नेतृत्वले जनतालाई निराश तुल्याएको र पार्टीमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै आएका छन्। आगामी निर्वाचनमा पार्टीको नयाँ नेतृत्व आवश्यक रहेको आवाजहरू तीव्र बनेका छन्।
एमालेका केही नेताहरूले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई अबको निर्वाचनमा पार्टीको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, भण्डारीको शुद्ध छवि र जनप्रियता पार्टीलाई नयाँ ऊर्जा दिन सक्नेछ।
पार्टीभित्र नेतृत्व परिवर्तनबारे बहस चर्किंदै गएको छ भने आगामी निर्वाचनका लागि रणनीतिक छलफलहरू आन्तरिक रूपमा तीव्र भइरहेका छन्।











प्रतिक्रिया