देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानमा र पूर्वमा केही दक्षिणतर्फ रहँदा मधेस, बागमती लगायतका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकोले महाशाखाले सतर्क रहन आग्रह गरेको छ।