दक्षिण कोरियामा भीषण वर्षा : बाढी र पहिरोले १४ जनाको ज्यान गयो, १२ बेपत्ता


काठमाडौँ।

दक्षिण कोरियामा लगातार परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। १२ जना अझै बेपत्ता रहेका छन् ।

दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार उद्धार तथा खोजी कार्य जारी छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

भिडियो फुटेजहरूमा प्रभावित क्षेत्रको भयावह स्थिति देखिएको छ- गाप्योङ शहरका स्थानीयहरू दलदल बनेको हिलोमा संघर्ष गर्दै राहत शिविरतर्फ जाँदै गरेका छन्, क्षतिग्रस्त पुल पार गर्दै गर्दा उनीहरूको पीडा झल्किएको छ।

यसअघि चुङचियोन क्षेत्रको एउटा गाउँ पूरै पहिरोले पुरिएको दृश्यले कोरियाभरि त्रास फैलाएको छ।

स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्र खाली गर्न अपील गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।