ग्रिनेड निष्क्रिय पार्ने क्रममा विस्फोट, ३ प्रहरीको ज्यान गयो


काठमाडौं ।

अमेरिकाको लस एन्जलसस्थित बिस्काइलुज सेन्टर एकेडेमी ट्रेनिङ सेन्टरमा शुक्रबार बिहान ७:३० बजे भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।

उनीहरू एलए काउन्टी शेरिफ विभागको बम स्क्वाडका अनुभवी सदस्य थिए। सिबिएसको रिपोर्टअनुसार, उक्त विस्फोट सान्ता मोनिकाबाट ल्याइएको ग्रिनेड निष्क्रिय पार्ने क्रममा पार्किङ लटमा भएको हो।

घटनामा अन्य कोही घाइते भएका छैनन्। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।