काठमाडौं ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रीट जर्नल, त्यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिको मानहानी मुद्दा दायर गरेका छन्।
समाचार अनुसार, वाल स्ट्रीट जर्नलले सन् २००३ मा ट्रम्पले विवादास्पद व्यक्ति जेफ्री एप्स्टिनलाई जन्मदिनको शुभकामना पठाएको दाबी गर्दै रिपोर्ट प्रकाशित गरेपछि ट्रम्पले यो कदम चालेका हुन्।
ट्रम्पका वकिलका अनुसार समाचार असत्य, बनावटी र द्वेषपूर्ण रहेको छ। प्रकाशनअघि चेतावनी दिइए पनि पत्रिकाले समाचार छापेको ट्रम्प पक्षको आरोप छ।
मुद्दामा ट्रम्पको प्रतिष्ठा, छवि र आगामी राजनीतिक योजना प्रभावित भएको दाबी गरिएको छ। अदालतसँग मुद्दा सुनुवाइको औपचारिक आग्रह गरिएको छ।











प्रतिक्रिया