साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग दोस्रो खेल खेल्दैछ। बंगलादेशको ढाकास्थित किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरू हुनेछ।

नेपालले यसअघि भुटानलाई ६–१ गोलले पराजित गरेको थियो। प्रतियोगितामा डबल राउन्ड रोबिन आधारमा खेल भइरहेका छन्, जहाँ नेपाल, बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।

नेपालले श्रीलंकामाथि दुई खेलमा ७–० गोल अन्तरले जित निकालेको छ भने बंगलादेशसँगको पहिलो खेलमा ३–२ गोलले पराजित भएको थियो।

नेपालले अहिलेसम्म चार खेलबाट ९ अंक जोडेको छ, जुन अंक बंगलादेशसँग पनि बराबरी छ। नेपाल सोमबार बंगलादेशसँग पुनः खेल्नेछ। लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।