काठमाडौँ।
अमेरिकी अधिकारीहरूले पूर्वी लस एन्जलसको काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन्।
बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा शुक्रबार बिहान स्थानीय समय अनुसार ७:३० बजे भएको बीबीसीले जनाएको छ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले X मा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेर वर्णन गरेकी छिन् र तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छिन्। उनले भनेकी छन्, संघीय एजेन्सीहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान गरिरहेका छन्।
विस्फोटको कारण भने खुलेको छैन।











प्रतिक्रिया