काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियाको ए लिग खेल्ने भएकी छन् । बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्तीमार्फत् सावित्रालाई दुई वर्षको सम्झौता गरेको जानकारी दिएको हो ।
न्यूजिल्यान्डको वेलिङ्टन शहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अस्ट्रेलियाको ए–लीग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ । वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए–लीग क्लब हो, जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ ।
क्लबको स्थापना सन् २००७ मा भएको थियो । यसको होम मैदान वेलिङ्टनको “स्काई स्टेडियम“ (पहिले “वेस्टप्याक स्टेडियम“) हो, जसलाई स्थानीय रूपमा “द कूलिसियम“ पनि भनिन्छ ।
कुनै पनि नेपाली फुटबल खेलाडीले अष्ट्रेलियामा खेलेको यो पहिलो पटक हो । यसअघि सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन् । दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी थिइन् । त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन् ।











प्रतिक्रिया