काठमाडौं । साफ २० वर्षमुनि महिला फुटबलको डबल राउन्ड रोबिन लिगअन्तर्गत नेपालले आज श्रीलंकासँग दोस्रोपटक खेल्दैछ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा हुनेछ।
पहिलो भेटमा नेपालले श्रीलंकालाई ७–० ले पराजित गरेको थियो। नेपालले यसअघि भुटानलाई ६–१ ले हराए पनि बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।
लिगको अन्त्यमा सबैभन्दा बढी अंक जोड्ने टोली विजेता घोषित हुनेछ। हालसम्म बंगलादेश ९ अंकसहित शीर्षमा, नेपाल ६ अंकसहित दोस्रो र भुटान ३ अंकसहित तेस्रो स्थानमा छन्।











प्रतिक्रिया