पदक विजेता भूपेन्द्र र सुदेनको स्वागत


काठमाडौं।

उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतले सामाखुशीमा एक कार्यक्रमबीच स्वागत गरे ।

जुन २९ तारिखमा बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले १ रजत जितेका थिए । भूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै नेपाललाई स्वर्ण दिलाए ।

भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।