अस्ट्रेलियासँग वेष्ट इण्डिज २७ रनमै अलआउट


लन्डन, (एजेन्सी)

घरेलु टोली वेस्ट इन्डिजले लज्जाजनक प्रदर्शन गरेपछि अस्टे«लियाले तीन खेलको टेस्ट सिरिज ३–० ले क्लीन स्वीप गरेको छ ।
अस्ट्रेलियाले वेष्ट इण्डिजलाई तेस्रो टेस्टमा १ सय ७६ रनले हराउँदैं सानदार जित हासिल गर्दै सिरिज ३–० ले क्लीन स्वीप गरेको हो । तर, यो जितभन्दा पनि वेष्ट इण्डिजको लाजमर्दो प्रदर्शनले खेलको चर्चा चुलिएको छ ।

सो टेस्टको दोस्रो इनिङमा वेष्ट इण्डिजको टोली जम्मा २७ रनमै समेटिएर टेस्ट क्रिकेटको इतिहासकै दोस्रो सबैभन्दा कम स्कोरमा अलआउट भयो । त्यो पनि १४.३ ओभरमै । वेष्ट इण्डिजका सात जना ब्याटर शून्यमै पभेलियन फर्किएका थिए । जम्मा ४ जनाले मात्र खाता खोल्न सके ।

यसभन्दा अघिको उनीहरूको सबैभन्दा कम स्कोर ४७ रन थियो, जुन २००४ मा इंग्ल्यान्डविरुद्ध बनेको थियो । अब वेष्ट इण्डिज दोस्रो न्यून स्कोर बनाउने टिमको रूपमा न्यूजÞील्याण्डपछि सूचीकृत भएको छ । न्यूजील्याण्डको सन १९५५ मा इंग्ल्यान्डविरुद्ध २६ रनको इनिङ अहिलेसम्मकै कम स्कोरको रेकर्ड हो ।
यो उत्कृष्ट प्रदर्शनको श्रेय अष्ट्रेलियाका मिचेल स्टार्कलाई जान्छ । आफ्नो १ सयौं टेस्ट खेलिरहेका स्टार्कले बलिङमा ७.३ ओभरमा मात्र ९ रन खर्चिएर ६ विकेट लिए । उनले जम्मा १५ बलमै पाँच विकेट पुरा गरे । यो टेस्ट इतिहासमा सबैभन्दा छिटो ५ विकेट लिएको रेकर्ड पनि हो ।

स्टार्कले टेस्ट क्रिकेटमा आफ्नो ४ सय विकेट पनि पुरा गरेका छन् । उनी ४ सय विकेट लिने अस्ट्रेलियाका चौथो बलर बनेका छन् । उनीभन्दा अगाडि शेन वार्न (७०८), ग्लेन म्याकग्राथ (५६३) र नाथन लियोन (५६२) ले सो उपलब्धि हासिल गरेका छन् ।

पहिलो इनिङमा अस्ट्रेलियाले २ सय २५ रन बनायो भने जवाफमा वेष्ट इण्डिज १ सय ४३ रनमै समेटियो । दोस्रो इनिङमा अस्ट्रेलियाको पनि ब्याटिङ कमजोर रह्यो। तर, १ सय २१ रनको योगदानले २ सय ४ रनको लक्ष्य दिन सफल भयो ।
त्यस लक्ष्यलाई पछ्याउने क्रममा वेष्ट इण्डिजको टोली ३० रन पनि जोड्न सकेनन् । यो जितसँगै मिचेल स्टार्कले “प्लेयर अफ द म्याच” र “प्लेयर अफ द सिरिज” दुवै उपाधि हात पारे ।

टेस्ट क्रिकेटमा न्युनतम स्कोर