
वनको उत्पादकत्व तथा वनबाट प्राप्त हुने उत्पादन तथा पारिस्थितिकीय सेवाहरुको वृद्धि गदै त्यसको दिगो उपयोग मार्फत स्थानीय जीविकोपार्जन, रोजगारी तथा अर्थतन्त्रमा सघाउ पु¥याउने गरी वनको दिगो व्यवस्थापन गर्नु आवश्यक छ । नेपालमा वि.सं. १९९० भन्दा पहिला वन व्यवस्थापनलाई खासै महत्त्व दिएको पाइँदैन । वि.सं. १९९० को दशकमा तराई तथा भित्री मधेशको वनलाई पूर्व तथा पश्चिम दिशामा विभाजन गरेर अब्बल दर्जाका सालका रुखहरु कटान गरी रेलवे सिलिपरका लागि भारतमा काठ निर्यात गरेको पाइन्छ । वन स्रोतलाई राज्यको सम्पत्तिको रुपमा मनन् गरी वि.सं. २०१३ मा सबै प्रकारका वनहरु राष्ट्रियकरण गरी वनको संरक्षणलाई व्यवस्थित गर्न वि.सं. २०१८ मा वन संरक्षण ऐन लागू गरिएको थियो ।
वनको राष्ट्रियकरण पश्चात् स्थानीय समुदायहरुमा वनप्रतिको अपनत्वमा कमी हुँदै गएपछि वनको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका वृद्धि गर्न वि.सं. २०३५ मा पंचायती वन र पञ्चायत संरक्षण वन लागु गरिएसँगै सामुदायिक वनको अवधारणा विकास भएको पाइन्छ । वन क्षेत्रको रणनीति २०७२ तथा वन ऐन २०७६ लाई आधार मान्दा व्यवस्थापकीय दृष्टिकोणले नेपालको वनलाई सरकारद्वारा व्यवस्थित वन र समुदायद्वारा व्यवस्थित वन गरी दुई भागमा विभाजन गर्न सकिन्छ । सरकारद्वारा व्यवस्थित वन अन्तर्गत संरक्षित क्षेत्रका वन, चाक्ला वन-अन्तरपा ्रदेशिक वन र वन संरक्षण क्षेत्र रहेका छन् । समुदायद्वारा व्यवस्थित वन अन्तर्गत सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियत वन (विपन्नमुखि र व्यावसायिक) र संरक्षण÷मध्यवर्ती क्षेत्रको वन रहेका छन् । यसका साथै सार्वजनिक जग्गाको वन र शहरी वनको रुपमा सार्वजनिक स्थल र नगर क्षेत्रहरुमा वन क्षेत्र व्यवस्थापन भएको पाइन्छ ।
हरियो वन नेपालको धन भन्ने निकै पुरानो जनबोली अनि प्राचीन मूल्य मान्यताले पनि बनको आवश्यकता र महत्वलाई दर्साएको छ । बन समग्र जीवन र जगतको क्रियाकलापसँग ज्यादै नजिकबाट गाँसिएको छ । तर, पनि विकासक्रम तथा आधुनिकिकरणको नाममा प्रकृतिको अनियन्त्रित दोहनको साथसाथै बन व्यवस्थापनका विभिन्न अभ्यासहरु हुंदै गएको देखिन्छ । यसरी समयको कालखण्डसंगै बनको महत्वका सवालमा अपनाईएका प्राचीन मूल्य मान्यता तथा सिद्धान्त विस्तारै छाँयामा पर्दै गएको प्रतीत हुन्छ । हुन त बढ्दो जनसंख्याको लागि आवश्यक बस्तु तथा सेवा, सहरीकरणको विकास जस्ता कारणहरुले पनि स्वभाविक रुपमा वन क्षेत्रमा अधिक चाप परेको पाइन्छ । समयक्रमसँगै हुने यस्ता परिवर्तन प्रकृति अनुकूलता अनुरुप सन्तुलित हुनु अनिवार्य देखिन्छ । जसले गर्दा मानविय जीवनयापन सहज र समृद्ध हुन सक्ने अपेक्षा गर्न सकिन्छ । नेपालको बन क्षेत्रको संरक्षण अनि सम्वद्र्धनको अवस्था झन् झन् जटिल बन्दै गइरहेको देखिएको छ । बन क्षेत्रको विनासको कारण सिर्जित समस्याको प्रत्यक्ष सामना गर्नु परेको अवस्था छिपेको छैन ।
नेपालमा वन जंगलको दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय«य अर्थतन्त्रमा टेवा पु¥याउने, गरिबी न्यूनिकरणमा योगदान पु¥याउने, वातावरणीय सन्तुलन कायम राख्ने र स्थानीय तथा राष्ट्रियरुपमा बढ्दो वन पैदावारको मागलाई दिगो रुपमा आपूर्ति गराउने तथा विदेशबाट हुने काठको आयात प्रतिस्थापन गर्नका लागि वन व्यवस्थापन अपरिहार्य छ । राष्ट्रिय«य वन नीति, २०७५, चौधौँ त्रिवर्षीय योजना, पन्ध्रौ योजनाको आधारपत्र, वनक्षेत्रको रणनीति, २०७३ समेतमा वनको दिगो व्यवस्थापनबाट वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन बढाई वन पैदावारको आन्तरिक माग परिपूर्ति गरी निकासी प्रवर्द्धन गर्न सकिने ब्यहोरा उल्लेख भएको छ । नेपालमा आ.व. २०६७÷६८ देखि वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिदै आईएको छ । दिगो विकासको अवधारणामा रहि कानुनको परिपालना र सुशासन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, सामुदायिक पद्धति र सांस्कृतिक मूल्याङ्कन, अनुशन्धान र ज्ञान व्यवस्थापन लगायतका वन व्यवस्थापनका मुलभुत सिद्धान्तहरु पालन गरी उपयुक्त वन व्यवस्थापन पद्धति अपनाई वन पैदावारको वन पैदावारको वर्तमान आपूर्तिमा योगदान पुर्याउदै भावी पिडिका लागि वन माथिको पहूच सुनिश्चित हुने गरी वन नियमावति २०७९ को नियम १५ मा व्यवस्था भए बमोजिम नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड, २०८१ तर्जुमा गरी स्वीकृत गरेको छ ।
निर्वाहमुखी एवम संरक्षणमूखी वन व्यवस्थापन गरिएको हुँदा वनको गुणस्तर र उत्पादकत्वमा ठूलो नोक्सानी हुन गएको छ । पहाडमा समेत रहेका सामुदायिक वनहरुमा वुढा रुख एवम धेरै वाक्ला रुखहरु रहेका छन् । त्यस्ता वन क्षेत्रहरुमा आवश्यकता अनुरुप वन सम्बर्धन पद्धति अपनाई वुढा रुख हटाउने, वाक्लो भएको ठाँउमा पत्ल्याउने र हागा विगा छिमली वनको व्यवस्थापन गर्नु जरुरी देखिन्छ । दिगो वन व्यवस्थापन हुन नसके जैविक विविधताको ह्रास हुने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरण बीचको सन्तुलन बिग्रने उल्लेख गर्दै नेपालकोे वन क्षेत्रलाई दिगो रुपमा व्यवस्थापन गरी समाजिक, जैविक, आर्थिक र वातावरणीय लाभ लिन पहिलो स्तम्भ ज्यादै महत्वपूर्ण रहेको महशुस गरिएको छ । हाल नेपालमा केही सामुदायिक वन, केही वृक्षारोपण क्षेत्र र केही मात्र साझेदारी तथा राष्ट्रिय वन बाहेक अधिकांश वनमा दिगो वन व्यवस्थापनको अवधारणा अनुसारका क्रियाकलाप सञ्चालन हुन नसकेकोेले अबका दिनमा दिगो वन व्यवस्थापनका लागि विशेष जोड दिनु पर्ने देखिएको छ ।
हाम्रो अहिलेको निर्वाहमुखी वन व्यवस्थापनबाट वनको उच्चतम सदुपयोग हुन सकेको छैन र दिगोरुपमा वन व्यवस्थापन पनि हुन सकिरहेको छैन । यसबाट वन पैदावारको उत्पादनमा कमी, राजस्व आर्जनमा कमीका साथै वनको गुणस्तरमा समेत कम हुन गई कार्वन संचितिमा समेत प्रतिकुल प्रभाव पर्न गएको छ । हाम्रा वन क्षेत्रहरुबाट उत्पादन र उत्पादकत्व वढाउनका लागि वैज्ञानिक वन व्यवस्थापन गर्नु वाहेक अर्को विकल्प छैन । त्यसैले सबै खाले वनमा वैज्ञानिक वन व्यवस्थापन प्रक्रिया सक्रिय रुपमा सञ्चालन गनु नै भविष्यको उपयुक्त कार्यदिशा हो । कार्यान्वयन तहमा देखिएका कमी कमजोरीहरुलाई समयानुकूल रुपमा सुधार गर्दै अगाडी वढनु पर्दछ ।
वर्तमान वन नीतिले सक्रिय र वैज्ञानिक वन व्यवस्थापन गर्न सकिने बाटो खुला गरेको भएतापनि तदअनुरुप अपेक्षित उपलव्धी हासिल हुन नसकिरहेको वर्तमान परिप्रेक्षमा निर्वाहमुखी वन व्यवस्थापनको सोचबाटमाथि उठी सक्षम तथा तालिम प्राप्त वनकर्मीहरुलाई प्रोत्साहित गरी ससाना शब्द विवादमा नअल्झिई सबै सरोकारवाहरु बीच साझा बुझाई कायम गर्दे वैज्ञानिक वन व्यवस्थापनको कार्यान्वयनमा लाग्नु आजको आवश्यकता हो । वैज्ञानिक वन व्यवस्थापनको विस्तारका लागि निम्न विषयहरु अवलम्बन गर्नु आवश्यक देखिन्छ ।
वनक्षेत्रबाट प्राप्त हुने वस्तु तथा सेवाको निरन्तरतालाई कायम गर्न वन व्यवस्थापनको अहम् भूमिका रहन्छ । वन क्षेत्रको समुचित व्यवस्थापन हुन सकेमा स्थानीय स्तरमा हरित रोजगारीको सिर्जना हुन जानुको साथै यसबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक असर पर्न जाने तथ्यमा कुनै विवाद रहेको देखिँदैन । राज्यले वनको वैज्ञानिक व्यवस्थापनलाई रुपान्तरणकारी (न्बmभ ऋजबलनभच) कार्यक्रम÷आयोजनाको रुपमा पहिचान समेत गरिसकेकोले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनका क्रममा देखिएका कमी कमजोरीहरुलाई सच्याउँदै अझ वढी सक्रियतका साथ वन व्यवस्थापनलाई थप क्षेत्रमा विस्तार गर्नु आवश्यक छ।
वन व्यवस्थापनको दिर्घकालिन लक्ष्य सतत् रुपमा वन पैदावार र वनबाट प्राप्त हुने सेवाको निरन्तरताको सुनिश्चितता रहको र यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ । दिगो वन व्यवस्थापनका लागि नाँप जाँच लगायत वन सम्बर्धन प्रणालीमा आधारित वैज्ञानिक विधि प्रयोग गरिने हुँदा वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट दिगो वन व्यवस्थापनमा पुग्न सकिने नै भएकाले यो वा त्यो भन्ने शब्दमा नअलमलिई सबै सरोकारवालाहरुले वन व्यवस्थापनका कार्यलाई अङ्गीकार गरी अघि वढनु आजको आवश्यकता हो ।











प्रतिक्रिया