“उत्तर कोरियाको युक्रेन युद्धमा रूसलाई विनासर्त समर्थन”


काठमाडौं ।

उत्तर कोरियाका नेता किम जोङ उनले युक्रेनविरूद्धको युद्धमा रूसलाई विनासर्त समर्थन गर्ने घोषणा गरेका छन्। रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसँगको भेटमा किमले रूसले चाल्ने सबै कदमहरूलाई समर्थन र प्रोत्साहन गर्ने बताए।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार, किमले यो समर्थन उत्तर कोरिया–रूसबीचको अन्तर्राष्ट्रिय सन्धिको भावना अनुरूप हुने बताएका छन्।

युक्रेन युद्धमा उत्तर कोरियाले रूसलाई ११ हजार सैनिक पठाएर सैन्य सहयोग गरेको रिपोर्ट छ, जसमा धेरै उत्तर कोरियाली सैनिक मारिएको बताइएको छ।