नयाँ दिल्ली।
दिल्ली-एनसीआरमा दुई दिनको अन्तरालमै दोस्रो पटक भूकम्पको झट्का महसुस गरिएको छ। शुक्रबार साँझ ७:४९ बजे आएको भूकम्पको तीव्रता ३.७ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जर क्षेत्र रहेको र जमिनको सतहदेखि करिब १० किलोमिटर गहिराइमा केन्द्रित भएको एनसीएसले जानकारी दिएको छ।
यसअघि बिहीबार बिहान ९:०४ बजे पनि दिल्ली-एनसीआर क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको थियो। उक्त भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको जनाइएको थियो।
लगातार दुई दिनसम्म भूकम्पको झट्का महसुस भएपछि स्थानीय बासिन्दा सतर्क बनेका छन्। हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।











प्रतिक्रिया