खेलाडीहरुले यसरी मनाए गुरु पूजा (तस्बिरहरू) 


काठमाडौं ।  

गुरु पूर्णिमालाई ज्ञान दिने र ज्ञान लिनेहरुबीचको आत्मीय सम्बन्धको दिवसको रूपमा लिइन्छ ।  तिथि अनुसार यो चाड असार महिनाको पूर्णिमाको दिन मनाउने गरिन्छ। “गुरु” शब्दको अर्थले ज्ञान प्रदान गर्नेलाई बुझाउँछ भने “पूर्णिमा” ले पूर्ण चन्द्रमालाई जनाउँछ । जसले ज्ञान र प्रकाशको प्रतीकको प्रतिनिधित्व गर्दछ । यो दिन गुरुलाई सम्मान र कृतज्ञता प्रकट गर्ने दिनको रूपमा मनाइन्छ, किनभने नेपाली संस्कृतिमा गुरुलाई अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तिको रूपमा विशेष स्थान दिइएको छ । 

विशेषगरी ज्ञान आर्जन गर्ने स्थल, विद्यालय, कलेज तथा अन्य संस्थाहरूमा विविध कार्यक्रमहरू आयोजना गरी यो चाड मनाइन्छ । जसमा शिष्य तथा विद्यार्थीहरूले विभिन्न विधिहरूमार्फत आफ्ना गुरुजनहरुलाई सम्मान प्रकट गर्छ । बिहीबार नेपाली खेलकुद क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु गरी गुरु पूजा मनाइएको छ । नेपाली खेलाडीहरुले आफ्ना गुरुजनहरुलाई अबिर टिका, खादा लगाइदिनुको साथै उपहार दिएर गुरुपूजा मनाए । 

खेलकर्मीको गुरुपूजा :