काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १ अगस्टदेखि ब्राजीलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। ट्रुथ सोसियलमार्फत उनले अमेरिकी टेक कम्पनीहरूमाथि आक्रमण गरेको आरोप ब्राजीलमाथि लगाएका छन्। साथै, ट्रम्पले ब्राजील सरकारले पूर्व राष्ट्रपति बोल्सोनारोविरुद्ध जासुसी गरेको दाबी पनि गरेका छन्।
यसबीच, बोल्सोनारोविरुद्ध २०२२ को निर्वाचन नतिजा उल्ट्याउने प्रयासको आरोपमा ब्राजीलमै मुद्दा चलिरहेको छ। ट्रम्पको निर्णयपछि ब्राजीलका राष्ट्रपति लुईस लूला दा सिल्भाले अमेरिकाविरुद्ध पनि ट्यारिफ लगाउने चेतावनी दिएका छन्।











प्रतिक्रिया