भारतमा वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु


नयाँदिल्ली।

भारतको राजस्थान राज्यको चूरूमा भारतीय वायुसेनाको जगुआर प्रशिक्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको छ।

भारतीय वायुसेनाका अनुसार विमान सामान्य प्रशिक्षण उडानमा रहँदा दुर्घटना भएको हो। दुर्घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति नभएको बताइएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको वायुसेनाले जनाएको छ।