एसियन कपमा दक्षिण एसियाबाट भारत र बंगलादेश छनोट

20.59k
Shares

काठमाडौं

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा दक्षिण एसियाका सातै टोलीले सहभागिता जनाएका छन् । यी ७ टोलीमध्ये दुई टोली आगामी वर्ष अस्टे«लियामा हुने एएफसी महिला एसियन कपमा छनोट भयो । यी टोली हुन् बंगलादेश र भारत । भुटान रहेको समूह ए का खेलहरू भने आजदेखि मात्रै शुरु हुँदैंछ । यसमा भुटानले सिंगापुर, आयोजक जोर्डन, इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेशको महिला फुटबल टोली पहिलो पटक एसियन कपमा छनोट भएको हो । यसअघि बंगलादेशको पुरुष टोलीले मात्रै एसियन कप खेलेको छ, त्यो पनि एक पटक मात्रै । घरेलु टोली म्यानमारलाई २–१ ले हराउनाले नै बंगलादेशलाई एसियन कपको अन्तिम चरणमा पु¥याएको हो । समूह सी मा म्यानमार बलियो टोलीको रूपमा आँकलन गरिएको थियो ।

भारतको महिला टोली भने २३ वर्षपछि एसियन कपको लागि छनोट भएको हो । पछिल्लो पटक भारतले २००३ मा खेलेको थियो । जुन संस्करण थाइल्यान्डमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा भारतले उज्बेकिस्तानलाई ६–० ले हराउनु एक मात्र जित थियो । जबकी अर्को खेलमा भारत चीनसँग १२–० गोलअन्तरले हारेको थियो ।

नेपालको दुर्भाग्य

नेपालसहित पाकिस्तान, माल्दिभ्स र श्रीलंका भने अन्तिम चरणमा छनोट हुन सकेनन् । भारत र बंगलादेशले अस्टे«लियाको टिकट काटिरहँदा नेपालले पनि अस्टे«लियाको यात्रा गर्ने संभावना बढेको थियो । तर, नेपालको लागि सँधैं झैं दुर्भाग्य भयो । नेपालले हरेक जसो प्रतियोगितामा शुरुआती राम्रो गर्ने र अन्तिममा आएर त्यो लयलाई कायम राख्न नसक्ने बानी छ ।

यस छनोट प्रतियोगितामा पनि यस्तै नै भयो । नेपालले पहिलो खेलमा नयाँ प्रतिद्वन्द्वी लाओसलाई ९–० ले हराएर उत्कृष्ट शुरुआत ग¥यो । दोस्रो खेलमा त नेपालले चिरपरिचित प्रतिद्वन्द्वी श्रीलंकालाई ८–० ले हरायो । यसपछि भने नेपालले यसपटक त पक्कै लक्ष्य प्राप्त गर्नेछ । तर, यस्तो हुन सकेन ।
नेपाल समूहको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी शूटआउटमा पराजित भयो । यो हारसँगैं नेपालको अस्टे«लियामा खेल्ने अवसर गुमेको हो । नेपालले अहिलेसम्म एसियन कपमा खेल्न पाएको छैन । यो सुनौलो अवसर थियो तर, गुम्यो ।

यहाँनेर एसियन कप मात्रै खेल्ने होइन कि यो फिफा महिला विश्वकपमा पुग्ने बाटो पनि हो । र अर्को ओलम्पिकमा पुग्ने माध्यम पनि हो । नेपालसँग कुनै पनि टोलीसँग खेल्ने क्षमता रहेकोले उज्बेकिस्तानलाई पन्छाएको भए शायद, नेपाली महिला फुटबलले इतिहास रच्नेमा कुनै शंका हुँदैन ।

विश्वकपमा पुग्ने बाटो

आगामी वर्ष अस्टे«लियामा हुने एएफसी एसियन कपका लागि १२ टोलीले मात्रै प्रतिस्पर्धा गर्नेछ । यी टोलीलाई तीन समूहमा विभाजित गराएर खेलाइनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली गरी ६ टोली क्वार्टरफाइनलमा पुग्नेछ । दुई टोली उत्कृष्ट तेस्रो स्थानको छनोट गरिनेछ ।
यसबाट सेमिफाइनल पुग्ने चार टोली ब्राजिलमा हुने २०२७ को विश्वकपका लागि सीधै छनोट हुनेछ । क्वार्टरफाइनलमा हार्ने चार टोलीले प्लेअफमा खेल्नेछ । यसबाट दुई टोलीले ब्राजिलका लागि टिकट काट्नेछ भने पराजित दुई टोलीले अन्तरमहादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नेछ ।

ओलम्पिकमा छनोट

एसियन कपको प्रदर्शनले २०२८ को लस एन्जेलेस ओलम्पिकको लागि पनि ढोका खोल्नेछ । एसियन कपका शीर्ष आठ टोलीले ओलम्पिक छनोटका लागि खेल्ने पाउनेछन् । दुई समूहमा विभाजित गराएर खेलाइने यस छनोटबाट प्रत्येक समूहका शीर्ष टोली ओलम्पिकका लागि छनोट हुनेछ ।

एसियन कपमा खेल्ने १२ टोलीहरू

अस्टे«लिया :आयोजक राष्ट्र
गत २०२२ को एसियन कपका शीर्ष तीन टोली : चीन, दक्षिण कोरिया र जापान

छनोट चरण पार गरेका टोलीहरूः
भारत, बंगलादेश, चिनिया ताइपेइ, भियतनाम, उज्बेकिस्तान, फिलिपिन्स, उत्तर कोरिया