प्याट्रिकले भने एन्फा नसुध्रेमा नेपाल फर्कने छैनन्


काठमाडौं ।

उज्बेकिस्तानमा नेपालको हारपछि नेपाली टोलीको स्वदेश फर्काइ भइसक्यो भने विदेशी प्रशिक्षक प्याट्रिक डी वाइल्डे उनकै देश बेल्जियम फर्केका छन् । ६१ वर्षीय प्याट्रिकले एक अन्तर्वार्तामा बताएअनुसार एन्फा नसुधे्रेमा उनी नेपाल फर्कने छैनन् । भन्नाले फेरि एकपटक विदेशी प्रशिक्षकसँग एन्फाको तालमेल मिल्न सकेन ।
एएफसी महिला एसियन कप छनोट प्रतियोगिता प्याट्रिकको पहिलो नेपाली महिला फुटबलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता थियो । प्याट्रिक यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनलाई थाहा हुन्छ कि को खेलाडी राख्ने को खेलाडी नराख्ने वा कसलाई कुन पोजिसनमा खेलाउने र कुन रणनीतिमा खेल्ने ।
तर, पहिलो खेलअघि नै एन्फा र प्याट्रिकबीच कुरो मिलेन । शुरुमा रेणुका नगरकोटेलाई कप्तान बनाइएको थियो । एन्फाको सूचीमा रेणुका कप्तान थिइन् । तर, खेल हुन केही अघि कप्तान परिवर्तन भयो र सावित्रा भण्डारीलाई कप्तानी भार दिइएको थियो ।

सावित्राको कप्तानीमा लाओसलाई ९–० ले र श्रीलंकालाई ८–० ले हरायो । सावित्राले यी दुई खेलमै ७ गोल गरिन् । उनी लगातार दुई ह्याट्रिक गर्न सफल भइन् । तेस्रो खेलमा भने उज्बेकिस्तानसँग पेनाल्टी शूटआउटमा पराजित भयो । यसमा, सावित्राले २ गोल गरेकी थिइन् । प्रतियोगिताभरि कूल ९ गोल गरेकी उनलाई प्याट्रिकले नेपालकी सबैभन्दा उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन् ।

उज्बेकिस्तानको घरेलु मैदानमा जसरी नेपाली खेलाडीले खेले त्यसमा प्रशंसा नगरी कोही बस्नै सक्दैनन् । किनभने उज्बेक टोली वरियतामा नेपालभन्दा धेरै माथि छ । अर्को, उज्बेक टोलीले ३–१ को अग्रता बनाइसकेको पनि थियो । यस हिसाबमा नेपालले कमब्याक गर्नु कुनै चानचुनको कुरो थिएन ।

प्याट्रिकको रणनीतिले नेपाली खेलाडीलाई पछि परेर पनि लड्न सिकायो । यही मेहनतको नतिजा नेपालले ३–३ बराबरी पनि ग¥यो । दुर्भाग्य पेनाल्टी शूटआउटमा नेपाल पराजित हुन पुग्यो । यसमा प्याट्रिकले बताए कि प्रविधि र सुविधाको कमी बावजुद नेपाली महिलाले जुन रुपमा खेल्यो त्यो अदितीय थियो ।
एन्फाले खेलाडीको हकहितमा काम नगरेको प्याट्रिकको आरोप रहेको छ । यस विषयमा एन्फा चुप नै छ । प्याट्रिकले यसो पनि भनेका.छन् कि उनको अनुसार चल्न दिएमा मात्रै फर्कनेछन्, नत्र फर्कने छैनन् । प्याट्रिकले बल एन्फाको कोर्टमा प्रहार गरिसकेका छन् । अब, त्यो बललाई कसरी चलाउने भन्ने जिम्मा एन्फाको रहेको छ ।