कैलाली।
कैलालीको गोदावरी खोलामा फसेका सात जना स्थानीयवासीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा श्राद्ध गर्न गएका उनीहरू खोला तर्न नसकेपछि फसेका थिए। पानीको बहाव एक्कासी बढेपछि उनीहरू बीचमै फसेपछि उद्धारका लागि नेपाली सेनाको देवीदल गणको टोली पुगेको थियो।

नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गर्दै सबैलाई सुरक्षितरूपमा बाहिर निकालेको हो। उद्धारपछि सबै जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाइएको छ।











प्रतिक्रिया