लेदो र बाढीले बीपी राजमार्ग अबरुद्ध, यात्रुबाहक बसहरू सिन्धुलीमै रोकिए


काठमाडौं ।

बीपी राजमार्गको रोशीखोला खण्डमा लेदो खस्नु र बाढीका कारण सडक अवरुद्ध भएको छ।

अवरुद्धताका कारण पूर्वतर्फबाट काठमाडौं जान लागेका यात्रुबाहक बसहरू हिजो बेलुकीदेखि नै सिन्धुली बसपार्कमा रोकिएका छन्।

सम्बन्धित निकायले बाटो खुलाउने प्रयास जारी राखेको जनाइएको छ।

यात्रुहरू भने लामो समय बसमा प्रतीक्षा गर्न बाध्य छन्।