काठमाडौँ ।
बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई विद्युतीय स्कुटर (ई–स्कुटर) प्रदान गरिने भएको छ ।
सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला समन्वय समितिको तर्फबाट उक्त पुरस्कार सार्वजनिक गरिएको हो । लिगको अन्तिम चरण असार २६ देखि साउन २ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा आयोजना हुनेछ । यही चरणपछि उत्कृष्ट खेलाडीहरूलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक तौल समूहका विजेतालाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ । पहिलो स्थान हासिल गर्ने खेलाडीले १५, दोस्रोले १० र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरस्कार पुरुष र महिलातर्फ पाँच–पाँच गरी जम्मा १० तौल समूहका लागि हुनेछ ।











प्रतिक्रिया