धादिङ।
धादिङको त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शवहरू गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खु नजिकै त्रिशूली नदीको किनारमा भेटिएका हुन्।
डिएसपी सुवास हमालका अनुसार शवको अवस्था हेर्दा उनीहरूको हालै मृत्यु भएको अनुमान गरिएको छ। मृतक दुवै जना पुरुष भएको प्रारम्भिक अनुमान छ।
घटनाको विस्तृत अध्ययन र पहिचानका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया