काठमाडौँ।
धनुषास्थित हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रमुख रेणु देवी झासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश मण्डल, सव-इन्जिनियर विनोद मण्डल, लेखापाल नेत्र लुँगेली, खरिदार शत्रुधन साह, खरिदार ज्ञानेन्द्र कुमार झा र निर्माण व्यवसायी शुभचन्द्र मण्डल (देव कन्स्ट्रक्सन) विरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो।
नगरपालिकाको वडा नम्बर ५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान योजना टुक्रा-टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
५२ लाख ७२ हजार १६८ रूपैयाँको हिनामिना भएको अख्तियारको दाबी छ । सबै प्रतिवादीविरुद्ध फरक फरक बिगो कायम गरिएको छ ।











प्रतिक्रिया