काठमाडौं
मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व कार्यक्रम अन्तर्गत वीरगन्ज शाखामार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई दुई थान एसी सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।
बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुआतमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेड मार्फत बिरामीलाई सेवा पुर्याउँदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनजÞर राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई आफ्ना विभिन्न साखामार्फत सहयोग पुर्याउदै आइरहेको पाईन्छ । मन्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकि सेवा उपलब्ध गराईरहेको छ ।











प्रतिक्रिया