काठमाडौं ।
नेकपा एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाएका छन्। जनकपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गठबन्धन तोड्ने प्रयास चलिरहेको उल्लेख गरे।
उनले दाहाललाई स्वतन्त्र पार्टीहरू र केही सत्ता घटककै सांसदहरूको समेत साथ रहेको बताए। तर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको समझदारीमा सरकार स्थिर रहेको भन्दै उनले हालको गठबन्धनको विकल्प नरहेको जिकिर गरे।











प्रतिक्रिया