काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ। गत बिहीबार स्थगित भएको बैठक पुनः बोलाइएको हो। बैठकमा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अनुशासन आयोगलाई दिएको स्पष्टीकरणमाथि छलफल हुने भएको छ।
झाँक्रीले लुम्बिनीमा आयोजित कार्यक्रममार्फत पार्टी पुनर्गठनको एजेन्डा उठाउँदै अध्यक्षमाथि नै प्रश्न उठाएकी थिइन्। त्यसपछिको विवादमा पार्टीले स्पष्टीकरण मागेको थियो। उनले सचिवालय बैठकमै पुगेर जवाफ बुझाएकी हुन्। यही विषयमा आजको बैठकमा निर्णायक छलफल हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया