कांग्रेस बैठकमा सर्वोच्चको फैसला र कार्यकाल संशोधनबारे छलफल


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्तिबारे दिएको पछिल्लो फैसलामाथि प्रश्न उठेको छ।

केन्द्रीय सदस्य मधु आचार्यले उक्त फैसला संविधानको सर्वोच्चता माथिको प्रहार भएको भन्दै पार्टी नेतृत्वलाई यसबारे धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

साथै उनले पार्टीको सबै तहको कार्यकाल तीन वर्ष कायम गर्ने गरी विधान संशोधन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। हाल कार्यकाल चार वर्षे छ। उनले १५औं महाधिवेशन यही वर्षको चैत मसान्तभित्र गर्नुपर्ने सुझाव पनि दिएका छन्।