काठमाडौं ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्।
शनिबार राति जारी वक्तव्यअनुसार, नेतन्याहुले आएको वार्ता निमन्त्रणा स्वीकार गर्दै टोली पठाउन निर्देशन दिएका हुन्। यसअघि, हमासले ६० दिने युद्धविराम प्रस्तावमा सकारात्मक संकेत दिएको थियो।
यद्यपि वार्ताको पहल भइरहँदा पनि इजरायली आक्रमण जारी छ। शनिबारको आक्रमणमा ३५ प्यालेस्टिनीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।











प्रतिक्रिया