रुसद्वारा युक्रेनी सैनिकमाथि रासायनिक हतियार प्रयोग तीव्र : डच र जर्मन गुप्तचर


काठमाडौं ।

नेदरल्याण्ड्स र जर्मनीका गुप्तचर एजेन्सीहरूले रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको खुलासा गरेका छन्। डच सैन्य गुप्तचर प्रमुख पिटर रिसिंकले रूसी सेनाले घाँटीमा असर गर्ने क्लोरोपिक्रिन प्रयोग गरिरहेको प्रमाण आफूहरूसँग रहेको बताए।

जर्मन गुप्तचर एजेन्सीले पनि यो दाबी पुष्टि गर्दै रूसी सेनाले हजारौँपटक रासायनिक हतियार प्रयोग गरेको जनाएको छ। यता, रुस र युक्रेन दुवैले रासायनिक हतियार प्रयोगको आरोप अस्वीकार गरेका छन्।

रूसी विदेश मन्त्रालयले युक्रेनी हतियार भण्डारमा क्लोरोपिक्रिन भेटिएको जिकिर गरेको छ। रासायनिक हतियार प्रयोग अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन मानिन्छ।