काठमाडौं । अमेरिकी अर्बपति तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका छन्।
उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उक्त जानकारी दिएका हुन्। पार्टीको औपचारिक दर्ता र नेतृत्वबारे भने स्पष्ट खुलाइएको छैन।
मस्कले आफ्नो पार्टीले रिपब्लिकन र डेमोक्र्याट दुबैलाई चुनौती दिने दाबी गरेका छन्। ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’ (Deo) प्रमुखका रूपमा काम गरेका मस्कले पछिल्लो समय ट्रम्पसँग दूरी बनाएका थिए।











प्रतिक्रिया