बनेपा–नाला सडक पुनः खुला, ह्युमपाइप राखेर आवागमन सुरु


काठमाडौं ।

पुण्यमाता खोलाको पुरानो पुल भाँचिएपछि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड आइतबार बिहानदेखि ह्युमपाइप राखेर सञ्चालनमा आएको छ।

धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको यो सडक बनेपा नगरपालिका र सडक विभागको पहलमा खुलाइएको हो।

४५ वर्ष पुरानो फलामको पुल भारी सवारीका कारण शुक्रबार राति भत्किएको थियो। पुल मर्मत नहुँदासम्म ह्युमपाइपमार्फत आवागमन जारी रहने जनाइएको छ।