विश्वका सर्वाधिक धनी १० अभिनेता

2.91k
Shares


पुरुषहरूको फेसन र लाइफस्टाइलमा आधारित चर्चित अस्टेलियन म्यागेजिन एस्क्वायरले विश्वका सर्वाधिक १० धनी अभिनेताको सूची जारी गरेको छ। जसमा हलिउडदेखि बलिउडसम्मका अभिनेता छन्।
आर्नोल्ड स्वाजनेगर


कुल सम्पत्ति : १.४९ अर्ब डलर
अमेरिकी मनोरञ्जन जगत्का सर्वाधिक सफलमध्येका एक अभिनेता आर्नोल्ड स्वाजनेगर यस सूचीको शीर्ष स्थानमा रहेका छन्। अस्ट्रियामा जन्मेका आर्नोल्डले बडीबिल्डर, अभिनेता, राजनीतिज्ञ र व्यापारीको रूपमा ख्याति कमाएका छन्। उनले प्रारम्भिक आम्दानी भने रियल स्टेटबाट गरेका थिए।

ड्वेन द रक जोन्सन


सम्पत्ति : १.४९ अर्ब डलर
यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेता ड्वेन द रक जोन्सन रहेका छन्। हलिउडको सबैभन्दा धनी स्टारमध्येमा पर्ने उनी अभिनय र टकिला व्यवसायबाट फस्टाएका अभिनेता हुन्।

टम क्रुज


सम्पत्ति : ८९१ मिलियन डलर
त्यस्तै सूचीको तेस्रो स्थानमा अभिनेता टम क्रुज रहेका छन्। जसको सम्पत्ति ८९ करोड १० लाख डलर छ। मिसन इम्पोसिबल, टप गनजस्ता सुपरहिट फ्रान्चइजीका कारण चर्चा र कमाई दुवै गरेका उनले सोबाट अबार्“ै रकम कमाइसकेका छन्।

शाहरुख खान


सम्पत्ति : ८७६.५ मिलियन डलर
बलिउड अभिनेता शाहरुख खान भने यो सूचीको चौथो नम्बरमा छन्। कुल ८७६.५ मिलियन अर्थात् (७४०० करोड भारुभन्दा बढी) सम्पत्तिसहित सो स्थानमा रहेका उनी विगत ३० वर्षदेखि सर्वाधिक कमाउने बलिउड अभिनेतामध्ये एक रहेका छन्। सन् २०२३ मा उनका जवान र पठान दुवै फिल्मले बक्स अफिसमा २ हजार करोड भारुभन्दा बढी कमाइ गरेर रेकर्ड राखेका थिए।

जर्ज क्लुनी


सम्पत्ति : ७४२.८ मिलियन डलर
त्यस्तै अभिनेता जर्ज क्लुनी यो सूचीको पा“चौ“ स्थानमा रहेका छन्। आफ्नो टकिला कम्पनी बेचेर मुनाफा कमाएका क्लुनी अभिनयमा पनि सफल छन्।

रोबर्ट डी निरो


सम्पत्ति : ७३५.३५
अभिनेता रोबर्ट डी निरो यस सूचीको छैठौ“ स्थानमा रहेका छन्। द गडफादर पार्ट २ र ट्याक्सी ड्राइभरका अभिनेता उनी नोबु रेस्टुरेन्ट चेनका सह – संस्थापक समेत हुन्। उनको न्युयोर्क सिटीमा धेरै रियल स्टेट व्यावसाय रहेका छन्। उनले हालै फिल्म एफ वनका लागि ४५ मिलियन डलर अग्रिम पारिश्रमीक समेत लिएका छन्।

ब्राड पिट


सम्पत्ति : ५९४.२३ मिलियन डलर
अभिनेता ब्राड पिट पनि सर्वाधिक धनी अभिनेताको टप टेनमा छन्। फाइट क्लब, वन्स अपअन ब टाइम इन्ज हलिउडजस्ता फिल्मका अभिनेता उनले यस सूचीमा सातौ“ स्थान ओगटेका छन्। प्लान बि इन्टरटेन्मेन्टका सह–संस्थापक उनले हालै फिल्म एफ वानका लागि ४५ मिलियन डलर अग्रिम पारिश्रमिक समेत पाएका छन्।

ज्याक निकोल्सन


सम्पत्ति ५९० मिलियन डलर
आठौ“ स्थानमा भने अभिनेता ज्याक निकोलस रहेका छन्। रियल स्टेट र उच्च मूल्यका कलात्मक सम्पत्तिमा लगानी गरेका उनले फिल्म ब्याटम्यानबाट १ सय ६० मिलियन डलर कमाएका थिए।

टम ≈यांक्स


सम्पत्ति : ५७१.९४ मिलियन डलर
अभिनेता टम ह्यांक्स यो सूचीको नवौ“ स्थानमा रहेका छन्। फरेस्ट गम्प, कास्ट अवेजस्ता फिल्मका अभिनेता उनले रियल स्टेट र फिल्ममार्फत सम्पत्ति आर्जन गर्छन्। दुई पटकसम्म ग्रामी अवार्डमा बेस्ट एक्टर अवार्ड चुमेका उनी अभिनयमा निकै सफल मानिन्छन्।

ज्याकी च्यान


सम्पत्ति : ५५७.०९ मिलियन डलर
हङकङमा जन्मिएका चर्चित अभिनेता ज्याकी च्यान भने यो सूचीको दशौ“ स्थानमा परेका छन्। रस आवर कुङ फु पाण्डाजस्ता फिल्मका चर्चित यी अभिनेता विभिन्न फिल्म हलका मालिक समेत हुन्। उनले आफ्ना केही सम्पत्ति दान गर्ने योजना समेत बनाएका छन्।