पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच प्रचण्ड निवासमा उच्चस्तरीय राजनीतिक छलफल


काठमाडौं ।

पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच शनिबार दिउँसो समसामयिक राजनीतिक विषयमा उच्चस्तरीय छलफल भएको छ।

छलफलका लागि नेताहरू काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा भेला भएका हुन्।

छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल सहभागी छन्।

प्रचण्डको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्य, वामपन्थी एकता, तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको छ। बैठकको निष्कर्षबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।