हेटौँडामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


काठमाडौं ।

हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति भएको उक्त दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।