काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किंदै छन्। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गरेका ओली आज अपराह्न पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव, स्पेन, स्टोनिया, इजिप्ट र पोर्चुगलका प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। उनले सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरेका थिए।
भ्रमणका अन्तिम दिन उनले रियल मेड्रिड क्लबको रंगशाला भ्रमण गर्नुका साथै नेपाली दूतावास निरीक्षण र नेपाली समुदायसँग भेटघाट गरेका थिए।











प्रतिक्रिया