काठमाडौं ।
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ।
नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला र १४ वर्षीया चमेलीको भिरमाथिबाट खसेको ढुङ्गा लाग्दा घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।
बाख्रा हेर्न बनाएको अस्थायी टहरामा सुतिरहेका बेला राति ९ बजे दुर्घटना भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया