काठमाडौँ।
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो । राईविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गुञ्जन राईले गायिका चौहानलाई अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा गालीगलौज गरेका थिए । यस घटनामा अनुसन्धान जारी रहेको र अन्य कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ ।











प्रतिक्रिया