काठमाडौं ।
पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण ६४ जनाको ज्यान गएको छ भने ११७ जना घाइते भएका छन्। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १० बालबालिकासहित २३ जनाको मृत्यु भएको छ।
स्वात उपत्यकामा मात्रै बाढीले १४ जनालाई बगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पञ्जाब प्रान्तमा २१, सिन्धमा १५, र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ।
जलवायु विभागले आगामी शनिबारसम्म अझै भारी वर्षाको चेतावनी दिएको छ। सन् २०२२ मा यस्तै बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो।











प्रतिक्रिया