काठमाडौं ।
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादका कारण श्रीमानले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
स्थानीय ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए।
हतियारसहित मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर सुरेश राज भट्टको नेतृत्वमा टोली खटिएको र अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाएका छन्।











प्रतिक्रिया